काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट्दैछन् । संसद अधिवेशन सुरु हुनुअघि लामिछानेले सभामुखलाई भेट्न लागेका हुन् ।
सहकारीका रकम अपचलन तथा हिनामिना मुद्दा अदालतमा दर्ता भएपछि प्रहरी हिरासतमा रहेका बेला लामिछानेलाई सभामुखले जिल्ला सरकारी वकिल कार्यालयको पत्रको आधारमा निलम्बन गरेका थिए ।
रास्वापले लामिछानेको निलम्बन प्रतिनिधिसभा नियमावली र सर्वोच्च अदालतको नजिर विपरित भएको भन्दै विरोध गर्दैआएको छ । लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधेर निलम्बन गरिएको रास्वपाको आरोप छ ।
लामिछानेले सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आफ्ना सांसदहरुलाई पछिल्लो समसामयिक अवस्था र खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ समेत गर्नेछन् ।



















प्रतिक्रिया