बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन । बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका हुन ।
युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएको समेत उनले बताए । ‘यो मुलुक बनाउने भनेको तपाई हामीले नै हो । बाहिरको मान्छे आएर मुलुक बनाउने होइन । इमानदारीका साथ लाग्यौं भने मुलुक बनाउन सकिन्छ’, उनले भने-‘अहिले केही भएन भनेर एक जमातले कुप्रचार गरेको, निरासाको खेति गर्न थालेका छन । यस्ता निरासा बाड्ने कामलाई निरुत्साहित गर्ने जिम्मेवारी तपाई हामी सबैको हो ।’
उनले सुशासन, जवाफदेहीता र भ्रष्टाचार बिरुद्ध सरकारले थालेका अभियानमा नागरिकस्तरबाट समेत सहभागीता जनाउन आह्वान गरे । ‘स्वदेशमा रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको तर्फबाट काम गरिरहेका छौं । निजि क्षेत्रले पनि यसमा जोड दिएको छ,’ उनले भने,-‘सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नितिगत सुधार समेत गरिसकेको छ ।’
फजुल खर्च रोक्न र पूर्व बिशिस्ट व्यक्तिको सेवासुविधा समेत खारेज गरेर सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएको विकृति रोक्न पनि सरकार निर्मतापूर्वक अघि बढेको बताए । ‘यी अभियानमा पनि सरकारले सबैको साथ खोजेको छ । तपाई हामी सबै मिलेर मुलुक बनाउन सक्छौं ।’ उनले भने ।


















प्रतिक्रिया