१० श्रावण २०८३, आइतबार | July 26, 2026

राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन



बुटवल । राधाकृष्ण युवा क्लबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनसंगै क्लबको नवनिर्मित भवनको समेत बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै सामाजिक विकासमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताइन ।

युवाहरुलाई कुलतबाट बचाउदै खेल र सामाजिक क्षेत्रमा अग्रसर गराउन क्लबको महत्पूर्ण योगदान रहेको भन्दै यहा रहेका अन्य क्लबसमेत राधाकृष्णको कामलाई अनुसरण गर्न आग्रह गरिन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का हरिप्रसाद श्रेष्ठ, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल यातायात संघका रबिन्द्रमान श्रेष्ठ, रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, लुम्बिनी फलफुल तथा तरकारी ब्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल, क्लबका सल्लाहकार बिरमान लामा, विष्णु पुरी, यादव गैरे, परियार समाजका अध्यक्ष लोक बहादुर परियार कृष्ण पोखरेलले युवा सशक्तिकरणको अभियानलाई राधाकृष्ण क्लबबाट अप्नाएको भुमिकालाई मुल्यांकन गरि स्थानिय पालिका लाग्न सके नगरमा युवाहरुको दिशानिर्देश हुने बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष यम बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै क्लबलाई भौतिक र संस्थागत विकास गर्ने गरि काम गर्दै आएको बताए । आफ्नै भवनसहित युवाहरुलाई विभिन्न तालिम, अभिमुखिकरण कार्यक्रम गर्दै आएको उनले बताए ।

समुदायमा कलासंस्कृति जगेर्ना र क्लबका सदस्यहरुलाई नृत्य प्रशिक्षण र प्रतिभाप्रस्फुटनका कार्यक्रम गर्दै आएको छ । क्लबको आम्दानी सुनिश्चितता गर्न भवनलाई उपयोग गरिने बताए । शारीरिक ब्यायामशाला संचालन गरि कुलतमा युवाहरुलाई लाग्न रोक्ने लक्ष्य रहेको उनले बताए ।

स्थानीय पालिका, सहयोगदाताहरुको सहयोगमा बहुउद्देश्यीय दुईतला भवन निर्माण गरिएको बताए । जहाँ समुदायका युवाहरुको स्वस्थ्यसंग जोडेर फिटनेशको अवधारणा अघि बढाएको उनले बताए । पालिकाको सहयोगमा शारिरिक सुगठनका सामाग्रीहरु भित्राएर युवाहरुलाई उपयोगी हुने गरि केन्द्र बनाउने उनले बताए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष रिम बहादुर सारु, क्लबका सचिव राजकुमार भट्टराईले भवनको जग्गा प्राप्तिमा योगदान दिएका स्वर्गीय राजकुमार लामाप्रति स्मरण गर्दै क्लबका संस्थापक केशव बराल देखी पुर्व अध्यक्षहरु अनिल गुरुङ, दुर्गा गुरुङ, राजु क्षेत्रीको योगदानबारे प्रकाश पारे ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : ३१ बजे

आफ्नो जहाजमाथि आक्रमणको जवाफ युक्रेनलाई दिने इरानको चेतावनी

तेहरान । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि