८ चैत्र २०८२, आइतबार | March 22, 2026

मानवसेवा आश्रमको आयोजनामा धनगढीमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ हुँदै



सुदूरपश्चिम । मानवसेवा आश्रमको पहलमा यही माघ २३ गतेदेखि धनगढीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना हुने भएको छ । मानवसेवा प्रवर्द्धन महाअभियानको नेतृत्व गर्दै आएको मानवसेवा आश्रमले आज पत्रकार सम्मेलन गरी धनगढी उपमहानगरपालिका-१५ मा आश्रमको आफ्नै भवन निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त महायज्ञ गर्न लागिएको जानकारी दिएको हो ।

बेसहारा (सडक) मानवलाई सेवा प्रदान गर्न, धनगढी क्षेत्रसहित समग्र सुदूरपश्चिम प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउन, ज्येष्ठ नागरिकहरूका लागि मनोरञ्जन केन्द्र स्थापना गर्न, मानवता अध्ययन केन्द्र स्थापनालगायत मुख्य उद्देश्य राखी महायज्ञ गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए । उनले महायज्ञ सफल बनाएर मानवताको सेवामा जुट्न सबैलाई आग्रह गरे ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवता प्रवर्द्धन अभियानमा सहयोग गर्न सबैलाई आह्वान गरे । यही माघ ३० गतेसम्म हुने सञ्चालन हुने महायज्ञमा कमलनयन गौतमबाट श्रीमद्भागवत कथावाचन हुनेछ ।

भजनकीर्तन, योग शिविर, विद्यार्थीमाझ सकारात्मक सोच र मानवता प्रवर्द्धन एवं व्यावहारिक शैक्षिक ज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महयज्ञमा तुलादान, पितृ उद्धार, धान्याञ्चल, पञ्चायन पूजा, लक्षवर्तिका, ग्रहशान्ति, ८४ पूजालगायत गतिविधि पनि गर्न लागिएको छ ।

हालसम्म आश्रमले आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने केही नभएका ११ हजार एक सय सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा अति कमजोर र अनाथ मानव०को उद्धार गरेको छ । यीमध्ये पाँच हजार जतिको सामुदायिक तथा पारिवारिक पुनर्मिलन गराएको छ । हाल यो आश्रमका विभिन्न जिल्लाका शाखामा झन्डै दुई हजारले सहारा लिइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशको हकमा धनगढीमा घर भाडामा लिई सञ्चालित आश्रमको शाखामा हालसम्म चार सय बेसहारा, असहाय, अभिभावकविहीनको उद्धार गरिसकेको छभने हाल ८० जनाले सहारा लिइरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी । महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ