७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा सम्पन्न ‘ट्रास रेस’ (फोहोर टिप्ने दौड) प्रतियोगिताको उपाधि इन्द्र थारुलाई



बुटवल । सरसफाइ चेतना वृद्धिका लागि शनिबार बुटवलमा सम्पन्न ‘ट्रास रेस’ (फोहोर टिप्ने दौड) प्रतियोगिताको उपाधि इन्द्र थारुले हात पारेका छन् । उपाधिसँगै उनले नगद ५५ हजार पुरस्कार राशीबाट सम्मानित भएका छन् । उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले पुरस्कार राशीको चेक हस्तान्तरण गरे ।

‘सफा सहर, हाम्रो रहर’ नारासहित बुटवल उपमहानगरपालिकाको सहकार्य र ग्रास इन्टरनेशनलको प्रायोजनमा क्लोथ एण्ड फुड बैंक नेपालले सरसफाइ तथा जनचेतना वृद्धिका लागि दौड (ट्रयास रेस, बुटवल) आयोजना गरेको थियो ।

बुटवलको कालिकापथस्थित क्लब डेनेभोबाट सुरु भएको दौड प्रतियोगिता तीनकुने चोक, इट्टाभट्टी, सब्जी मण्डी, ट्राफिक चोक हुँदै भुड्कीचोक, राजमार्ग चौराह, कालिकान पथ भएर पुनः क्लब डेनेभोको अगाडि आएर समापन गरिएको थियो ।

प्रतियोगिताका विजेता थारुले निर्धारित १ घण्टाको समयावधि मध्ये ५० मिनेट २१ सेकेण्डमा सबैभन्दा बढी ७ किलो ६ सय ग्राम फोहर संकलन गरेका थिए ।

यसैगरी आशिष थापाले दोस्रो स्थान हासिल गर्दै नगद ३० हजार पुरस्कार राशी प्राप्त गरे भने तेस्रो स्थान हासिल गरेका अजय पाण्डे क्षेत्रीले नगद १५ हजार पुरस्कार राशी प्राप्त गरे । ट्रयास रेस तोकिएको समयमा सम्भव भएसम्म फोहोर संकलन गरेर सरसफाइ गर्ने प्रतियोगिता हो ।

यसअघ प्रतियोगिताको समुद्घाटन गर्दै बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले युवाहरुको सक्रिय सहभागिताले नै सकारात्मक सोचको बिकास र परिवर्तन सम्भवन भएको उल्लेख गरे । उनले बुटवलमा ट्राफिक व्यवस्थापन तथा सचेतनाका लागि समेत विद्यालयका विद्यार्थी तथा युवाहरुलाई परिचालन गर्ने सोच बनाएको उल्लेख गरे ।
कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले वातावरणीय चेतना जगाउँदै सरसफाइमा सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताए । क्लोथ एन्ड फुड नेपाल (कपडा बैंक)का अध्यक्ष कमल जीसीले प्रतियोगितामा उत्साहजनक सहभागिता भएको बताउँदै समुदायलाई एकताबद्ध बनाउने र स्वच्छता तथा फोहोर व्यवस्थापनप्रति सचेत बनाउन सहयोग गरेको अपेक्षा व्यक्त गरे ।

प्रतियोगिता सम्पन्न गर्नका लागि नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीको संयोजकत्वमा पत्रकार दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ, ज्योती सापकोटा र गुणनिधी तिवारी लगायतका सदस्यले मूल्याङ्कन तथा विजेता छनोट गरेका थिए भने सुमन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ७ : ५१ बजे

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा