१२ पुस २०८२, शनिबार | December 27, 2025

कलौनीको मृत्युपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक



धनगढी । भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन्। कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशंका गरेका छन।

कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए।

भेटका क्रममा बाबु जनकराजले गृहमन्त्रीसँग भने, ‘घटना कतै भएको हो। यता फालेको हो कि भन्ने शँका छ। नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ। कसैले मार्नको लागि बोलाएको हो कि ?’

लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए। घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने बताएकाले उनले आशंका गरेका हुन्।

उनको शरीरमा शीत नरहेको र छोराले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशंका उत्पन्न भएको उनले बताए।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ३३ बजे

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न, प्रविधिमैत्री सहकारी निर्माणमा जोड

बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको