१३ बैशाख २०८३, आइतबार | April 27, 2026

कलौनीको मृत्युपछि कञ्चनपुर पुगे गृहमन्त्री लेखक



धनगढी । भीमदत्त नगरपालिकाका कांग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेपछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर पुगेका छन्। कञ्चनपुर पुगेका गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन्। गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशंका गरेका छन।

कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए।

भेटका क्रममा बाबु जनकराजले गृहमन्त्रीसँग भने, ‘घटना कतै भएको हो। यता फालेको हो कि भन्ने शँका छ। नाम तोक्ने त कसको तोक्ने। राति ३ बजे हिँडेर आएको छ। कसैले मार्नको लागि बोलाएको हो कि ?’

लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए। घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने बताएकाले उनले आशंका गरेका हुन्।

उनको शरीरमा शीत नरहेको र छोराले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशंका उत्पन्न भएको उनले बताए।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ३३ बजे

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

बुटवल । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र