६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, भोलि सार्वजनिक बिदा



दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमबार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो ।

बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरुका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावलीगरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ-आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभुषा सहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

झाँकीहरुको विचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

प्रदेश सरकारले दुई वटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ५३ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको