नेपालगन्ज । सात महिना पहिले नेपालगन्जको सदरलाईनमा खुकुरी प्रहारबाट हत्या भएको प्रकरणमा बाँके प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सदरलाईनको टाँगास्टेशन नजिकै खुकुरी प्रहारबाट मृत्यु भएका इसाद कवाडियाको हत्या अभियोगमा घटनाको सात महिना पछि प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरवालिका वडा नम्बर ११, टांगास्टेसन नजिक गत असार २८ गते राती पौने ११ बजेको समयमा गरिएको खुकुरी प्रहारबाट स्थानीय इसाद कवाडियाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा जाजरकोटका २३ वर्षीय जतगसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जको बसपार्कस्थित अछामी गेष्टहाउसबाट ठकुरीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बांके प्रहरी प्रवक्ता डीएसपी आयुश जोशीले बताए । सात महिना अघि टांगास्टेसनमा युवाको झगडा भइरहदा छुट्याइदिन गएका कवाडियाको खुकुरी लागेर मृत्यु भएको थियो ।
प्रतिक्रिया