१३ भदौ २०८३, शनिबार | August 30, 2026

बाँकेमा ३६ हजार बढी किशोरीलाई यौन सम्पर्क नहुँदै लगाइने एचपिभी खोप लगाइँदै



नेपालगन्ज । बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय, बाँकेले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमा २ चरणमा गरेर खोप अभियान चलाइने जानकारी दिइएको हो ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख अङ्गतबहादुर शाहीका अनुसार खोप लगाइने लक्षित समुदायमा राप्तीसोनारीमा तीन हजार १८३, कोहलपुरमा सात हजार ४४८, बैजनाथमा चार हजार ११४, खजुरामा पाँच हजार ८७२, जानकीमा एक हजार ९५०, नेपालगञ्जमा नौ हजार ३१९, डुडुवामा दुई हजार ५८४ र नरैनापुरमा दुई हजार ४८० किशोरी तथा बालिका रहेका छन् । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका २२ हजार ५८९ किशोरी तथा बालिकालाई यही माघ २२ गतेदेखि आगामी फागुन १ गतेसम्म खोप लगाइने उनले बताए ।

दोस्रो चरणमा माघ ३० गतेदेखि राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ किशोरी र बालिकालाई खोप लगाउने लक्ष्य छ । प्रमुख शाहीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने पहिलो चरणको तयारी पूरा भएको जानकारी दिँदै १० वर्षदेखि १४ वर्षसम्मका किशोरी तथा बालिकालाई खोप लगाउन लागिएको बताए ।

सो अवसरमा जिल्ला समन्वय समितिका, बाँकेका सभापति ज्ञानेन्द्र चौधरीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गर्दै यो सबैको साझा दायित्व भएको बताए ।

नेपालगन्जका फिजिसियन डा राजन पाण्डेले सबै क्यान्सरविरुद्ध खोप नभएको तर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाएर बचाउन सकिने जानकारी दिँदै भ्याक्सिन सुरक्षाकवच भएको बताए । उनले एचपिभी खोप यौन सम्बन्ध नराखेका महिलाले लगाउने खोप भएको जानकारी दिंदै बिवाहित किशोरीहरुले खोप नलगाउन सुझाव दिए ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति नरेशबाबु श्रेष्ठले पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी भाइसरविरुद्ध जिल्लामा सञ्चालन हुने खोप अभियानमा सिकोलिन खोप उपलब्ध हुने जानकारी दिए । उनले नेपालगन्जमा मौलाना, इमाम र मदरसाका शिक्षकसँग खोपका विषयमा छलफल गरिएको उल्लेख गर्दै विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरी र बालिकालाई खोप लगाइने बताए ।

जिल्लामा ३७८ विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन ४५९ खोप केन्द्र तोकिएका छन् । खोपकेन्द्र तीन सय ७८ विद्यालयमा र ८१ अन्यत्र रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : २४ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ