१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

क्यान्सर दिवसमा खजुरामा प्रभातफेरी र रक्तदान गरिँदै



खजुरा । संघीय सरकारले पूर्ण स्वामित्वमा लिएर पनि विगत ९ वर्ष देखि शुन्य दरबन्दीमा चल्दै आएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले क्यान्सर दिवसको अवसरमा प्रभातफेरी र रक्तदान गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर अस्पतालले भोलि (मंगलबार) जनचेतनामूलक प्रभातफेरी र रक्तदान गर्ने भएको हो ।

बिहान ८ बजे अस्पताल परिषरबाट जनचेतनामूलक प्रभातफेरी निस्केने र त्यसपछि रक्चदानको कार्यक्रम गरिने अस्पतालका कार्यकारी निर्देशक प्रकाश प्रसाद साहले बताए । क्यान्सर दिवसकै अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण सहित अस्पतालका बिषयमा प्रस्तुस्तिकरण गरिने उनले जानकारी दिए ।

जनस्तरबाट मुट्ठीदान गरेर स्थापना भएको अस्पताल २०७२ सालबाट संघीय सरकारबाट संचालन हुँदै आएको छ । स्वामित्व ग्रहण गर्दा देखि नै दरबन्दी स्वीकृतिका लागि राजनीतिक नेतृत्वले आश्वासन दिँदै आएपनि अस्पताल अहिले सम्म शुन्य दरबन्दीमा काज, अस्थायी, करार र दैनीक ज्यालादारी कर्मचारीहरुले संचालन गर्दै आएका छन् ।

अघिल्लो महिनाबाट संचालनमा आएको लिन्याक मेसिनबाट हाल हप्तामा ३ देखि ४ जना क्यान्सरका बिरामीको सेकाई सुरु गरिएको छ भने हरेक दिन २५ बढी बिरामीले अस्पतालबाट किमोको सेवा लिइरहेका छन् । अस्पतालका सबै उपकरणहरु पूर्णरुपमा संचालन भइ क्यान्सरको उपचार सेवा संचालन गरिएको अस्पतालका क्यान्सर विषेशज्ञ डा. मुकेश यादवले बताए ।

धार्मिक अनुष्ठानबाट संत दिनदयालद्वारा संकल्प गरिएको अस्पताल भारतको लखनउ पूर्व र नेपालको चितवन पश्चिमको एकमात्र विशिष्टकृत क्यान्सर अस्पताल हो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ३७ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला