७ चैत्र २०८२, शनिबार | March 21, 2026

१ करोड ९५ लाखको बैंकिङ कसुरका फरार भरतपुरका गमबहादुर पक्राउ



काठमाडौं । बैंकिङ कुसरका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-५ घर भई हाल ललितपुर महानगरपालिका-१० धापाखेल बस्ने ४४ वर्षीय गमबहादुर पौडेल रहेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ठिमी नगरपालिका-३ भक्तपुरबाट पक्राउ गरेको हो।

उनीविरूद्ध १ करोड ९५ लाख रुपैयाँ बिगोको बैंकिङ कसुरको जाहेरी रहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनीविरूद्ध अन्य प्रहरी कार्यालयहरूमासमेत चार वटा मुद्दा दर्ता रहेको र ती मुद्दामा उनी फरार रहेको पाइएको आचार्यले बताए।

पौडेललाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यस्तै, बैंकिङ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी काठमाडौं-१६ पकनाजोलकी ४४ वर्षीया भवानी तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई आइतबार साँझ पकनाजोलबाट पक्राउ गरी कारबाहीको लागि प्रहरी बृत्त सिंहदरबारमा पठाइएको उक्त कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ८ : २५ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका