१२ चैत्र २०८१, मंगलबार | March 25, 2025

प्रादेशिक महोेत्सवको बुधबार समापन : इन्ट्री फ्रि, बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोेत्सव २०८१ को बुधबार औपचारिक रुपमा समापन गरिने भएको छ ।

महोत्सवमा दिन थप गर्नुपर्ने चौतर्फी दवाब आए पनि संघले निर्धारित मिति मंगलबार नै सकिएकाले बुधबार औपचारिक कार्यक्रम गरी समापन गर्ने तायारी गरिएको प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दले जानकारी दिए । दिउँसो २ बजे सडक डिभिजन परिसरमा समापन समारोह हुने उनले बताए ।

महोत्सवको समापन समारोहमा पनि संगीतमय हुने जनाइएको छ । महोत्सवको सांस्कृतिक उप–समितिका संयोजक मख्खन बहादुर धामीले बुधबार बाल गायक सुप्रिम मल्लको एकल प्रस्तुती रहने जानकारी दिए । संघले यस अघि नै मल्ललाई डाकेको भए पनि आउन पाएका थिएनन् ।

प्रमोद खरेलले मच्चाए हंगामा
नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको अन्तिम दिन लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती प्रदर्शन गरे । जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी…..ले भन्दै गायक खरेलले सडक डिभिजन परिसरको महोत्सवको स्टेजमा उक्लेपछि हंगामा भो भन्दै हंगामा मचाए । उनले आफ्ना लोकप्रिाय आधा दर्जन बढी गीत गाएका थिए ।

गायक अर्जुन कौशल र देउडा गायिका निरुता खत्रीको पनि प्रस्तुती रहेको थियो । गायिका मञ्जु पौडेल र पत्रकार तिलक गाउँलेले महोत्समको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ०० बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत