५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रादेशिक महोेत्सवको बुधबार समापन : इन्ट्री फ्रि, बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने



नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोेत्सव २०८१ को बुधबार औपचारिक रुपमा समापन गरिने भएको छ ।

महोत्सवमा दिन थप गर्नुपर्ने चौतर्फी दवाब आए पनि संघले निर्धारित मिति मंगलबार नै सकिएकाले बुधबार औपचारिक कार्यक्रम गरी समापन गर्ने तायारी गरिएको प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दले जानकारी दिए । दिउँसो २ बजे सडक डिभिजन परिसरमा समापन समारोह हुने उनले बताए ।

महोत्सवको समापन समारोहमा पनि संगीतमय हुने जनाइएको छ । महोत्सवको सांस्कृतिक उप–समितिका संयोजक मख्खन बहादुर धामीले बुधबार बाल गायक सुप्रिम मल्लको एकल प्रस्तुती रहने जानकारी दिए । संघले यस अघि नै मल्ललाई डाकेको भए पनि आउन पाएका थिएनन् ।

प्रमोद खरेलले मच्चाए हंगामा
नेपालगन्जमा जारी प्रादेशिक महोत्सवको अन्तिम दिन लोकप्रिय गायक प्रमोद खरेलले आफ्नो प्रस्तुती प्रदर्शन गरे । जब फुल बुट्टे चोेलीको तुना चलायौं तिमी…..ले भन्दै गायक खरेलले सडक डिभिजन परिसरको महोत्सवको स्टेजमा उक्लेपछि हंगामा भो भन्दै हंगामा मचाए । उनले आफ्ना लोकप्रिाय आधा दर्जन बढी गीत गाएका थिए ।

गायक अर्जुन कौशल र देउडा गायिका निरुता खत्रीको पनि प्रस्तुती रहेको थियो । गायिका मञ्जु पौडेल र पत्रकार तिलक गाउँलेले महोत्समको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १२ : ०० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान