१२ चैत्र २०८१, मंगलबार | March 26, 2025

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा पहल गर्ने बताएका हुन । उनले नेपाली चियाको उचित बजार प्रवद्र्धन र विस्तारमा ध्यान दिन उद्यमीलाई सुझाव दिए ।

प्रादेशिक चिया समन्वय समितिका अध्यक्ष आदित्य पराजुलीले चिया निर्यातबाट वार्षिक रु छ अर्बको विदेशी मुद्रा स्वदेश भित्रिँदै आएकामा हाल भारत सरकारबाट नेपाली चियालाई अनिवार्य भारतीय अक्सन (लिलामी प्रक्रिया)मार्फत मात्र आयात गर्ने नीतिगत व्यवस्था हुन लागेकाले यसबाट नेपाली उद्यगीलाई मार पर्ने विषयमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराए ।

ती संस्थाले नेपालमै अक्सन (लिलामी प्रक्रिया) केन्द्र सञ्चालन, नेपाली चियालाई दिइने निर्यात अनुदान तत्काल उपलब्ध गराउन र चिया बगान क्षेत्रमा सहज विद्युत् आपूर्ति र महशुलको प्रबन्ध गरिनुपर्नेलगायत माग प्रधानमन्त्रीसमक्ष गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ४ : १७ बजे

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३

अध्यक्ष नेपालद्वारा नेता कोइरालाको निधनप्रति दुःख प्रकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको

डाँफे कप फुटबल : परिवर्तनशिल युवा क्लब विजयी

खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट

पूँजीगत खर्चबारे मन्त्रालयहरूसँग छलफल, खर्च वृद्धिमा प्रो एक्टिभ हुन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चबारे विषयगत