७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै, अध्यादेशहरू प्रस्तुत गरिने (कार्यसूचीसहित)



काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेशहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा बित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश गर्नेछन् ।

साथै, राज्य ब्यवस्था तथा सुशासन समितिकाका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नेछन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको बार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्ने’ कार्यसुचीमा उल्लेख गरिएको छ ।

उता, उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध बार्षिक मुल्याङकन प्रतिवेदन’ पेश गर्नेछन् ।

साथै, आजको बैठकमा त्यसो त सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ ।

जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज