२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हट्यो सरकार



काठमाडौं । राष्ट्रियसभाबाट पारित हुने या नहुने निश्चित नभएपछि सरकारले आज संसद बैठकमा अध्यादेशलाई निर्णायार्थ पेश नगर्ने भएको छ ।

यसअघि आजैको बैठकबाट ६ वटा अध्यादेशहरु निर्णायार्थ पेश गर्नेगरी कार्यसूची बनेको थियो ।

तर राष्ट्रियसभामा निर्णायक मानिएको दल जनता समाजवादी पार्टी नेपालसँग थप छलफल बाँकी रहेको भन्दै सरकार अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हटेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णायार्थ पेश नगर्ने प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आजै छलफल गरेका थिए । तर छलफलमा लेनदेनको कुरा टुंगिन बाँकी रहेको छ । जसपा नेपालले मधेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षको बहुमत रहे पनि राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेको छ । जसपा नेपालको समर्थनविना राष्ट्रियसभाबाट अध्यादेश पारित हुन सम्भव देखिँदैन ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ३३ बजे

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –