४ पुस २०८२, शुक्रबार | December 20, 2025

अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हट्यो सरकार



काठमाडौं । राष्ट्रियसभाबाट पारित हुने या नहुने निश्चित नभएपछि सरकारले आज संसद बैठकमा अध्यादेशलाई निर्णायार्थ पेश नगर्ने भएको छ ।

यसअघि आजैको बैठकबाट ६ वटा अध्यादेशहरु निर्णायार्थ पेश गर्नेगरी कार्यसूची बनेको थियो ।

तर राष्ट्रियसभामा निर्णायक मानिएको दल जनता समाजवादी पार्टी नेपालसँग थप छलफल बाँकी रहेको भन्दै सरकार अध्यादेश निर्णायार्थ पेश गर्ने कार्यसूचीबाट पछि हटेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णायार्थ पेश नगर्ने प्रधानमन्त्रीको सन्देश सुनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग आजै छलफल गरेका थिए । तर छलफलमा लेनदेनको कुरा टुंगिन बाँकी रहेको छ । जसपा नेपालले मधेशको मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ ।

प्रतिनिधिसभामा सत्तापक्षको बहुमत रहे पनि राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेको छ । जसपा नेपालको समर्थनविना राष्ट्रियसभाबाट अध्यादेश पारित हुन सम्भव देखिँदैन ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको