७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध



वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि उनले प्रतिबन्ध लगाएका छन्।

राष्ट्रपतिमा सपथ लिएयता एकपछि अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरिरहेका ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आईसीसीविरुद्ध प्रतिबन्ध लगाएका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायल विरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।

यस आदेशअन्तर्गत आईसीसीका अधिकारीहरु र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

गत नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ ।

आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ८ : ३५ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन