२२ चैत्र २०८२, आइतबार | April 6, 2026

बुटवलको मिलनचोकमा खुल्यो क्लाउड एजुकेशनको शाखा



बुटवल । उच्च शिक्षा अध्ययनका लागि वैदेशिक यात्रामा जाने युवा विद्यार्थीको सहजताका लागि बुटवल-११ मिलनचौकमा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिस संचालनमा आएको छ । सन् २०२२ मा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना गरेको क्लाउड एजेकेशनले गुणस्तरीय, छिटो र विश्वनीय भिसा प्रकृया प्रदान गर्न बुटवलमा (मिलन चलचित्र हल नजिकै) छैठौँ शाखाको शुभारम्भ गरेको हो ।

बुटवल शाखाको शुभारम्भ गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले वैदेशिक रोजगारीका लागि विश्वनीय काम गर्न क्लाउडलाई आग्रह गरे । उनले विभिन्न प्रलोभन देखाएर केही कन्सल्टेन्सीहरुले विद्यार्थीहरुलाई अलपत्र पार्ने गरेको उल्लेख गर्दै क्लाउडको काम राम्रो सुनिएको र सोही अनुसार कार्य सम्पादन गर्न आग्रह गरे । उनले रोजगारीकालागि ठुलो युवा शक्ति वैदेशिक रोजगारीमा जानु दुखद् विषय भएको समेत बताए । कार्यक्रममा कांग्रेस रुपन्देही क्षेत्रीय सभापति हिराबहादुर खत्रीले युवाहरुको सक्रियतामा संचालनमा ल्याइएको क्लाउडले ठुलो युवा जमातलाई रोजगारी दिएको उल्लेख गर्दै गुणस्तरीय सेवा र विश्वशनीय कार्यलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा क्लाउड एजुकेशन एण्ड भिसा सर्भिसका सिड्नी प्रमुख सक्षम सुवेदीले दुवइ, पाकिस्तान, भारत र फिजिमा शाखा कार्यालयहरु रहेको बताउदै नेपालका काठमाडौमा केन्द्रीय कार्यालयसहित चितवन, इटहरी, बाग्लुङ र विर्तामोडमा शाखा संचालनमा रहेको बताए ।

उनले अष्ट्रेलिया र युकेकालागि ९५ प्रतिशतबढी भिसा सदर भएको बताउदै अन्यदेशकालागि पनि क्लाउड सफल रहदै आएको उल्लेख गरे । कार्यक्रममा बुटवल शाखा प्रमुख विजय गुरुङले अहिले सम्म क्लाउडले तीन हजारबढी विद्यार्थीहरुलाई विश्वका विभिन्न देशहरुमा अध्ययनकालागि पठाइ सकेको बताए । उनले क्लाउडले बैदेशिक रोजगारीकालागि जाने युवा विद्यार्थीहरुलाई गुणस्तरीय र क्षमतावान बनाएरमात्र पठाउने गरेको स्मरण गर्दै ति विद्यार्थीले भरेको भिसा सदर हुँदै आएको बताए । क्लाउडले अहिलेसम्म शाखा विस्तारका क्रममा तीन करोड बढी लगानी गरि सकेको र ५० बढी युवाहरुलाई विभिन्न शाखामा रोजगारी दिदै आएको समेत बताएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : ०४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको