३ श्रावण २०८३, आइतबार | July 19, 2026

पाथीभरामा धार्मिक र वातावरणमैत्री पूर्वाधारबाहेक अरु केही बन्दैन : चन्द्र ढकाल

'पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ'



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माणले पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा पाथीभरा देवी केबलकार प्रालि अध्यक्ष समेत रहेका ढकालले पाथीभरा मन्दिरमासम्म पुग्न निर्माण गर्न लागिएको केबलकारले पहिचानको प्रवर्द्धन मात्र गर्ने बताएका हुन् । उनले केबलकार परियोजनाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने, स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउने जिकिर गरे ।

ढकालले पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने दुस्प्रचार गरिएको गुनासो गर्दै त्यसको खण्डन गरे । उनले भने, ‘केबलकार निर्माणलाई लिएर विभिन्न तर्क–वितर्क भइरहे पनि परियोजनाले स्थानीय जीवनस्तर सुधार्ने, धार्मिक पर्यटनलाई सहज बनाउने र वातावरणमैत्री पूर्वाधार निर्माण गर्ने बाहेक अरु कुनै उद्देश्य छैन ।’

ढकालले केबलकार निर्माणको क्रममा वातावरणीय जोखिम कम गर्न पुरै प्रयास गरिने प्रतिवद्धता जनाए । ‘केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने एक रुख बराबर २५ रुखका दरले वृक्षरोपण गर्छौ । त्यसरी रोपिएका रुखलाई पाँच वर्षसम्म आयोजनाले नै स्याहार तथा संरक्षण गर्ने र सरकारलाई हस्तान्तरण गर्छौ ।’, उनले भने ।

ढकालले माथिल्लो स्टेशनमा शौचालय, अक्सिजन केन्द्र र वृद्धवृद्धा तीर्थयात्रीका लागि सामान्य संरचना मात्र बनाउने भएका कारण त्यहाँको वास्तविक संरचनामा कुनै परिवर्तन नहुने जिकिर गरे । केवलकारले ३०० जनालाई प्रत्यक्ष रोजगारी दिनेमा ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने उनले प्रतिवद्धता जनाए । उनले भने, ‘स्थानीयको रोजगार सुरक्षित राख्दै नयाँ अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।’

अध्यक्ष ढकालले सरकाले सर्तसहित दिएको अनुमतिअनुसार नै आफुहरुले काम अघि बढाउने स्पष्ट पारे ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ४ : ४२ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब