२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान



काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौँ महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ ।

अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने उक्त प्रणाली जडान गरेको थियो । चालु आर्थिक वर्षमा उक्त प्रणाली थप स्थानमा जडान गरेको हो ।

कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३६ स्थानमा उक्त प्रणाली जडान गरिसकेको भए पनि १३ स्थानको सञ्चालनमा आइसकेको छ । अन्य स्थानमा प्राविधिक काम भइरहेको छ । ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला, प्रदर्शनीमार्ग, बागबजार, ताहाचललगायतका स्थानमा ती प्रणाली जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

उक्त प्रणाली मुख्यगरी सडकसँगै जोडिएका कामपाका विद्यालय र अस्पताल अगाडिका जेब्राक्रमा राखिएका छन् । आवश्यकताका आधारमा अन्य स्थानमा पनि जोड्ने तयारी रहेको कामपाले जनाएको छ । सल्लाहकार श्रेष्ठले भने, “यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । यस प्रणालीमा यात्रुले आवश्यकताअनुसार ‘जेब्रा क्रस’तिर हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बालेर सडक पार गर्न सक्ने छन् ।”

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम हुनाले कामपाले पेलिकन प्रणाली जडान गरेको जनाएको छ । यस प्रणालीमा पैदलयात्रीले ‘स्विच थिचे’पछि पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा पैदलयात्रीले अर्को पटक बटन थिच्न मिल्छ ।

विद्यालय क्षेत्रमा राखिसकेपछि पैदलयात्रीको चाप रहेको अन्य स्थानमा पनि पेलिकन प्रणाली जडान गर्ने तयारी कामपाको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ३३ बजे

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर