१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पैदल यात्रुको सुरक्षाका लागि ‘पेलिकन’ जडान



काठमाडौँ । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राखी काठमाडौँ महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ ।

अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने उक्त प्रणाली जडान गरेको थियो । चालु आर्थिक वर्षमा उक्त प्रणाली थप स्थानमा जडान गरेको हो ।

कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३६ स्थानमा उक्त प्रणाली जडान गरिसकेको भए पनि १३ स्थानको सञ्चालनमा आइसकेको छ । अन्य स्थानमा प्राविधिक काम भइरहेको छ । ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला, प्रदर्शनीमार्ग, बागबजार, ताहाचललगायतका स्थानमा ती प्रणाली जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

उक्त प्रणाली मुख्यगरी सडकसँगै जोडिएका कामपाका विद्यालय र अस्पताल अगाडिका जेब्राक्रमा राखिएका छन् । आवश्यकताका आधारमा अन्य स्थानमा पनि जोड्ने तयारी रहेको कामपाले जनाएको छ । सल्लाहकार श्रेष्ठले भने, “यस कार्यका लागि कामपाले चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । यस प्रणालीमा यात्रुले आवश्यकताअनुसार ‘जेब्रा क्रस’तिर हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बालेर सडक पार गर्न सक्ने छन् ।”

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम हुनाले कामपाले पेलिकन प्रणाली जडान गरेको जनाएको छ । यस प्रणालीमा पैदलयात्रीले ‘स्विच थिचे’पछि पाँच सेकेन्डमा जेब्रा क्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ । एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा पैदलयात्रीले अर्को पटक बटन थिच्न मिल्छ ।

विद्यालय क्षेत्रमा राखिसकेपछि पैदलयात्रीको चाप रहेको अन्य स्थानमा पनि पेलिकन प्रणाली जडान गर्ने तयारी कामपाको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ३३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले