२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मेयर कप फुटबलमा ग्रीन पिस सेमिफाइनलमा प्रवेश



नेपालगन्ज । कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ ले हराउँदै जित हासिल गरेको हो ।

नेपालगन्ज रंगशालामा भएको खेलमा निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । ग्रीनपीसका विराज रोकायले २५औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । तर आदर्शका खगेन्द्र थापाले ४८औं मिनेटमा गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । पेनाल्टी सुटआउटमा ग्रीनपीसका विशाल थापा मगर, विराज रोकाय, डेविट तामाङ, दिपेश भण्डारी र झलक सिंहले गोल गरेका थिए ।

आदर्शका आर्यन भुजेल, आकाश सुनार, उज्जवल खत्री र खगेन्द्र थापाले गोल गरे । खेलमा ग्रीनपीस माविका विराज रोकाय प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनाँलाई कोहलपुर सिटी एकेडेमीका निर्देशक प्रशान्त रिजाल र युवा व्यवसायी प्रकाश गौतमले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गरे । यसैगरी मंगलबारको दोस्रो खेलमा धम्बोझी मावि नेपालगन्जले पेनाल्टी सुटआउटमा आदर्श मावि नेपालगन्जलाई ५–३ ले पराजित गदैं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । धम्बोझीका कमल विकले २०औं र समिर मगरले ५३औं मिनेटमा गोल गरे । आदर्श मावि नेपालगन्जका निश्चल थापा मगरले ६१औं र जेनिष बोहोराले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा कमब्याक गराएका थिए ।

पेनाल्टी सुटआउटमा धम्बोझीका समिर मगर, प्रिन्स जिएम, सन्देश मगर, तुफान शाही, दिनेश रोकायले गोल गरेभने आदर्शका निश्चल थापा मगर, राहुल श्रेष्ठ र जेनिस बोहोराले गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै धम्बोझी समिर मगर प्लेयर अफ द म्याच घोषित भए । उनलाई नेक्सस इनर्जी प्रालीका निर्देशक एवम् अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेका महासचिव कुमार सिंह ठकुरी र नेपाल पत्रकार महासंघ बाँकेको उपाध्यक्ष करुणा शाहले पुरस्कृत गरे ।

मंगलबारको तेस्रो खेलमा पेनाल्टी सुटआउटमा नेपालगन्ज मोडेल एकेडेमीलाई ३–१ ले पराजित गर्दै युनाइटेड एजुकेशन स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । युनाइटेडका निक्सान सुनारले १५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालगन्ज मोडेल एकेडेमीका अरुण खत्रीले ४०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

पेनाल्टी सुटआउटमा युनाइटेडका अवशेष रेग्मी, उत्सव सुनार र अनिष रानाले गोल गरे । नेपालगन्ज मोडेल एकेडेमीका विकास कुमार कटुवालले मात्र गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडका गोलकिपर तथा कप्तान अनिष राना प्लेयर अफ द म्याच घोषित भए । उनँलाई नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार छात्रा तर्फको पहिलो क्वाटरफाइनलमा मोर्डन पब्लिक स्कुल र मनकामना मावि स्कुलले प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वाटरफाइनलमा धम्बोझी र युनाटेड एजुकेशनले प्रतिस्पर्धा गर्नेछ । यसैगरी बुधबार देखि छात्रा तर्फको पनि खेल सुरु हुने भएको छ । छात्रा तर्फको पहिलो खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र धम्बोझी माविले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेलमा युनाइटेड एजुकेशन र मनकामनाले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ७ : १७ बजे

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र