४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ



इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

मृतक शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको