५ पुस २०८२, शनिबार | December 20, 2025

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताएका छन् ।

माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँनले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताए ।

“माओवादीको प्राथमिकता अहिले सरकार होइन, हामी जनतामा फर्किएका छौँ, पार्टी पुनःनिर्माण गरेर जनताको विश्वास जितेर मात्र सरकारमा जान्छौँँ ।” सचिव शर्माले भने । पार्टीको गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्र मजबुत एकता कायम गरेर अभियानमा लाग्ने निर्णय गरेको भन्दै उनले आगामी चुनावमा श्रेष्ठता कायम गर्ने गरी अगाडि बढ्न आग्रह गरे ।

नेता शर्माले पार्टीले हरेक नेता कार्यकर्तालाई जनतासँग जोड्ने कार्यक्रमका लागि सबै केन्द्रीय सदस्यलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर पठाउने योजना बनाएको समेत जानकारी दिए ।

कायृक्रमलाई पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङका इन्चार्ज चन्द्रबहादुर बुढा, कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, माओवादी बागलुङ संयोजक राजीव घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

समितिको प्रथम अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : १२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य