४ पुस २०८२, शुक्रबार | December 20, 2025

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच व्यापारिक सहकार्य

बसका यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने



बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायी प्रालिबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम पञ्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु र प्रालिको बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउनेछन् ।

यात्रुहरूले पश्चिम नेपाल बस ट्यवसायी प्रा।लिमा आवद्ध बसहरूमा यात्रा गरेको टिकट देखाई ३ महिनामा भित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसायी सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको पाल्पाको बसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको टृश्यावलोकन गर्न सकिन्छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रा।लि। नेपालको पुरानो र ठुलो मध्येको एक ट्यावसायिक संस्था हो । यस प्रा।लि।मा हाल २४०० भन्दा बढी बसहरू सञ्चालनमा रहेका छन् । यस प्रा।लि।ले साधारण यात्रुबाहक बसदेखि आधुनिक सुविधा सम्पन्न आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि बसहरू सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको