२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छ : मुख्यमन्त्री आचार्य



पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताएका छन् । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताएका हुन् ।

‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘यि समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’

बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको उनले बताए । उनले लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राखे । साथै, गण्डकी प्रदेशका उत्पादनहरूलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवर्द्धन गर्न सकिनेमा पनि उनले जोड दिए ।

कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुबै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उनले यो बैठक दुबै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत यनले धारणा राखेका थिए । संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणकालागि पनि प्रदेशहरुको बीचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको उनको भनाई छ ।

केही आवश्यक कानूनहरूको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उनले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गरे ।

यसैगरि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तर प्रदेश साझा सरोकारका बिषयलाइ सामुहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताए । उनले सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटन लगायत साझा सरोकारका बिषयलाइ प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको बताए । उनले प्रदेशका साझा सरोकारका बिषयलाइ संयुक्तरूपमा आवाज उठाउन जरुरी रहेको धारणा राख्दै सुनौली नाका हुदै भित्रीने भारतीय पर्यटकलाइ पोखरा सम्म पुर्‍याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताए । सिद्धार्थ राजमार्गको बिस्तार, बसाइँसराइका कारणा पहाडहरु रित्तिन थालेको बिषय दुई प्रदेशको साझा सरोकार भित्र पर्ने उनले बताए । साझा मुद्दालाई सामुहिक रुपमा सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ३२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको