२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पाल्पामा सवारी दुर्घटनाबाट गुल्मी हुँगाका पाण्डे दम्पत्ति घाइते



पाल्पा । तानसेन तम्घास सडक खण्डको जोगीपानीमा आज भएको सवारी दुर्घटनाबाट एक दम्पत्ति घाइते भएका छन् । पाल्पा तानसेन ११ जोगीपानीमा भएको सवारी दुर्घटनाबाट गुलमी हुँगाका एक दम्पत्ति घाइते भएका हुन् ।

घाइते हुनेमा गुल्मी छत्रकोट १ हुँगा का ३८ वर्षिय प्रकाश पाण्डे र मोटरसाईकल पछाडि सवार मोटरसाईकल चालककी श्रीमती ३१ वर्षिया कमला पाण्डे रहेको प्रहरीले जनाएको छ । गुल्मी पाल्पा सडक खण्डमा हार्थोकदेखि तानसेन तर्फ आउँदै गरेको लु. प्रदेश ०१००१ व ००७१ नम्बरको ईभी गाडि र विपरित दिशाबाट जाँदै गरेको लु १७ प ८८६४ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दम्पत्ति भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

घाइते दम्पत्तिको उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा थप उपचारको लागि श्री एयरको हेलिकप्टरद्वारा ट्रमा सेन्टर अस्पताल काठमाडौं रिफर गरिएको उनले बताए ।

उक्त सवारी दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ५० बजे

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको

नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख भन्दा बढी सहयोग

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

तरकारीको विषादी परीक्षण बढाइँदै

चितवन । किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि

एसिसी प्रिमियर कप : नेपाल ओमानसँग खेल्दै

काठमाडौं । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा नेपाली पुरुष