२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बालविवाह सामाजिक समस्या र कानुनी अपराध हो : मुख्यमन्त्री कार्की



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताएका छन ।

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उहाँले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको नियन्त्रणमा समाजका सबै व्यक्ति जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य र नियन्त्रण गर्न अभियानका रूपमा नीति तथा कानुनी निर्माण गरी अगाडि बढेको जानकारी दिए । उनले प्रदेशमा बालविवाह निषेध गरिएको भन्दै कतिपय दुर्गमस्थान तथा पछाडि परेका वर्गमा यो समस्या विद्यमान रहेकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय, समाजका सरोकार भएका निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारीलगायतले अन्य प्रदेशमा पनि बालविवाहविरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  २ : ५२ बजे

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक