४ पुस २०८२, शुक्रबार | December 19, 2025

हाटबजार व्यवस्थापनले श्रमजीवी बढाएको छ : नगर प्रमुख पाण्डेय



बुटवल । रुपन्देहीका विभिन्न स्थानमा हाटबजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुको साझा संस्था हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हाटबजार व्यवसायीले स्वरोजगारको वातावरण सिर्जना गरेको बताए ।

उनले हाटबजार व्यवसायीहरुको साथमा स्थानीय सरकार जहिले पनि सकारात्मक रुपमा अगाडि बढेको बताए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाले श्रमजीवीको पक्षमा काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन् । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पूर्व नगर प्रमुख पुनाराम पोखरेलले व्यवसायीहरुको हितमा तीन तहको सरकारले योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

उद्योग व्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष पदम जिसीले कार्यक्रममा बोल्दै व्यवसायीको हितमा स्थानीय सरकारले ध्याद दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यवसायीहरुको हितको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताएका थिए ।

रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनालले राज्यबाट गरिने व्यवहार सकारात्मक आवश्यक रहेको बताए । उनले राज्यले सबै व्यवसायीको लागि पूर्वाधार निर्माण गर्नुपर्ने बताएका थिए । कपिलवस्तु हाटबजार व्यवसायी संघका अध्यक्ष यमलाल बेल्बासेले कार्यक्रममा बोल्दै विविध समस्याका बाबुजत पनि बैदेशिक रोजगारीको यात्रा केही हदसम्म रोकेको बताए । उनले साप्ताहिक हाटबजार धेरै सुधार गर्न आवश्यक भएको बताए ।

हाटबजार व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष प्रकाश खनालले श्रमजीवीहरुको हितमा स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्न नसकेको बताए । हाटबजारमा खानेपानी, सौचालय, पार्किङसमेत व्यवस्थापन गर्नुपर्ने बताएका थिए । प्रत्येक वर्ष सरकारले बैठकी करको रुपमा वृद्धि गर्दै जाँदा व्यवसायीले समस्या भोग्दै आएको बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीलगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा बोल्दै हाटबजार व्यवसायी संघका अध्यक्ष हुमाराम पोखरेलले स्थानीय सरकारले साना व्यवसायीहरुको हितको लागि सबैले बेलैमा ख्याल गर्नुपर्ने बताएका थिए । उनले पूर्वाधार बिहीन बजार लामो समयदेखि चल्दै आएको भन्दै यसमा ख्याल गर्नु पर्ने बताएका थिए ।

साधारणसभामा संघका रुपन्देही अध्यक्ष हुमाराम पोखरेलले अध्यक्षको वार्षिक प्रतिवेदन, महासचिव जयन्त घर्तीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष ईश्वरचन्द्र भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले  पारित गरेको छ ।

संघका रुपन्देही उपाध्यक्ष रबिलाल पाण्डेको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चबलन महासचिव जयन्त घर्तीले गरेका थिए । साधारणसभाको बिहानीसत्रमा रक्तदान कार्यक्रममामा ६० युनिट संकलन भएको छ ।  हाटबजार व्यवसायी संघ रुपन्देहीको १९ औ वार्षिक साधारणसभाको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तसञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदानमा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक डोलराज फुल्लेलले जानकारी दिए । कार्यक्रममा स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले रक्तदान जीवनदान भएको बताउँदै नियमित रक्तदान गर्नुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म