७ आश्विन २०८३, बुधबार | September 23, 2026

पाँच तारे बन्दै होटल सिटीप्यालेस



नेपालगन्ज । होटल व्यवसायमा आफ्नो शसक्त पहिचान बनाएको नेपालगन्जको होटल सिटी प्यालेसले आफ्नो स्तर उन्नती सहित सेवा सुबिधामा बिस्तार गरेको छ । विसं २०७२ साल असारदेखि नेपालगन्जको धम्बोझीमा सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले स्तरउन्नती सहित आफ्‌नो सेवा र सुविधालाई बिस्तार गरेको हो ।

स्तर उन्नतीको जानकारी दिने उद्देश्यले होटल ब्यवस्थापनले पत्रकार सम्मेलन गर्दै विभिन्न स्वाद पारखीका लागि मध्य नजर गरी होटलले थकाली भन्सा , रुफटप , बार सहितको रेस्टुरेन्ट र क्याफेमार्फत सेवा थप गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै होटलका जनरल म्यानेजर पदम सुवेदीले आतिथ्यताका लागि होटलले थप सहित ९५ वटा कोठा सञ्चालन गर्दै आएको र ती मध्ये ८ वटा स्वीट रुम , २८ सुपर डिलक्स रुम , ३९ डिलक्स रुम र २० स्ट्यान्डर्ड रुमबाट सेवा प्रवाह गर्दै आएको जानकारी दिए ।

उनका अनुसार होटलमा जिम , स्वीमिङ्ग पुल , स्टीम , साउना , स्पा , सेभिनर सप , क्यासिनो (नेपाली बाहेकका पाहुनाका लागि), ओपेनस्पेस गार्डेन र अण्डरग्राउण्ड पार्किङ्गको सेवा दिदै आएको छ ।

होटलमा रहेका ४ वटा सभा हलबाट विवाह , व्रतबन्ध , जन्मदिन मनाउन तथा विभिन्न गोष्ठी , सेमिनारको आयोजना गर्न सकिने गरी ६ सय बढी क्षमताको १ वटा सभाहल, २ सय बढी क्षमताको १ वटा सभाहल, १ सय बढी क्षमताको सभाहल १ र ५० बढी क्षमताको सभा हल १ गरी ४ वटा हल उपलब्ध छन् ।

१ अर्वको लगानी रहेको होटलले हाल १ सय २५ जनालाई प्रत्यक्ष रोजगारी दिएको होटलका संचालक लोकेन्द्र अर्यालले बताए । उनका अनुसार होटलले सञ्चालनदेखि आजका दिनसम्म ५ लाख भन्दा बढी पाहुनालाई सेवा दिई सकेको र त्यस मध्य २ लाख बढी सार्क मुलुकका रहेका छन् । मानसरोबर, मुक्तिनाथ र लुम्बिनीलाई लक्षित गर्दै नेपालगन्जमा खुलेका होटल ब्यवसायको राम्रो संभावना रहेको अर्यालले बताए । हाल ४ तारे स्तरमा संचालनमा रहेको होटल सिटी प्यालेसलाई छिट्टै पाँच तारेमा स्तर उन्नती गर्ने गरि तयारी गरिउको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई