२२ माघ २०८२, बिहिबार | February 6, 2026

अर्थतन्त्रमा क्रमिक सुधार भएको छ : अर्थमन्त्री



पोखरा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएको बताए ।
देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले उल्लेख गरे ।
देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न समर्थवान रहेको जिकिर गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे। पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहेको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए ।
अर्थमन्त्री पौडेलले सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश उद्योग, कृषि तथा पर्यटन विकासका प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे ।
प्रतिनधिसभा सदस्य दामोदर वैरागीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा गएको बताए ।
बैंकका सञ्चालक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश बराल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाललले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको  भूमिका महत्वपूर्ण रहेको बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : ५८ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद