२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

आजबाट अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, नेपाल किर्गिस्तानसँग भिडदैँ



काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट काठमाडाैंमा सुरू हुदैँछ ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजबाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।

आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेबाट सुरू हुनेछ ।

फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८-२ को फराकिलो जित दर्ता गरेको थियो ।

खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् ।

साथै, नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा उत्रनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५८ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर