२ असार २०८३, मंगलबार | June 17, 2026

बुटवलमा दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता आजदेखी सुरु



बुटवल । बुटवलमा आजदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयर कप छात्र रछात्रा फुटबल प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको सोमबार बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर स्थित चारपाला खेलमैदानमा एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा नगर प्रमुख पाण्डेयले नगरपालिकामा आफुहरू निर्वाचित भएपछि खेल क्षेत्रलाई विशेष महत्त्व दिएर बजेट छुट्टयाइएको भन्दै खेलकुदलाई विद्यालय तहमा बिस्तार गरिएको बताए ।

शिक्षा, स्वास्थ्यका साथै खेलकुदको माध्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेल क्षेत्रमा करोडौं बजेट छुट्टयाएको भन्दै नगर प्रमुख पाण्डेयले खेल पर्यटनको माध्यमबाट पनि बुटवलको आर्थिक समृद्धि हाशिल गर्न सकिने विश्वास व्यक्त गरे । बुटवलका सबै वडाहरूलाई भौगोलिक सामिप्यताले पनि जोड्ने उदेश्यले बुटवलको मुख्य बजार क्षेत्र भन्दा अन्य क्षेत्रमा प्रतियोगिताहरू सञ्चालन गरिएको भन्दै उनले यसले यस क्षेत्रमा थप चहलपहल बढ्ने बताए ।

एक बर्षमा मात्रै बुटवल उपमहानगरपालिकाले बिभिन्न बिधाका ५८ वटा खेलकुद प्रतियोगिता सञ्चालन गर्न लगेको जानकारी गराउदै नगर प्रमुख पाण्डेयले आफुहरूको कार्यकालमा ८ वटा ठूला खेल मैदान स्तरोन्नती तथा नयाँ निर्माण गर्ने योजना रहेको बताए ।

उद्घाटन भएको दिन आज आज चारपाला खेलमैदान र जवई खेलमैदानमा गरी पाँच खेल सम्पन्न भएको छ ।

चारपाला खेलमैदानमा आजको पहिलो खेलमा उजिरसिंह मावि जितेश्वरी माविलाई २-१ ले हराएको छ भने दोस्रो खेलमा कान्ति माविले एभरेस्ट बोर्डिङ स्कुललाई ३(१ गोल अन्तरले हराएको छ ।

आजै भएको तेस्रो खेलमा कालिका मानवज्ञान माविले क्यानन माविलाई २-१ गोल अन्तरले हराएको बुटवल नगर खेलकुद विकास समितिकी प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।

उता जवई खेल मैदानमा भएको खेलमा ज्ञानपुञ्ज माविलाई २-० ले पछाडि पाद्दै नहरपुर विजयी भएको छ भने दोस्रो खेलमा मोतिपुर माविले तिलोत्तमा माविलाई १-० ले हराएको प्रतियोगिता रेफ्रि सेरजंङ गुरूङले जानकारी दिए ।

भोली मंगलबार चारपाला खेलमैदानमा नवरत्न माविरसिदेश्वरी मावि,बुटवल ग्लोरीरसरस्वती मावि,उजिरसिंह माविरस्कलर्स होम तथा कान्ति माविरकालिका मानवज्ञान मावि बीच प्रतिष्पर्धा हुने खेल कमिसार हरिप्रसाद श्रेष्ठले बताए ।

त्यस्तै भोलीनै जवई खेलमैदानमा नहरपुर माविरअम्सफोर्ड मावि, प्रगति मावि र रम्भादेवी मावि तथा सरस्वती आधारभूत विद्यालयर लुम्बिनी बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ भने छात्रा तर्फ कान्ति र नहरपुर, क्याननर ज्ञानोदय तथा प्रगति मावि र नविन औद्योगिक माविबीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको पियाले बताए ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

फोटो फिचर

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : १० बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ