३ असार २०८३, बुधबार | June 17, 2026

तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ शुरु, पहिलो दिन २४ खेलहरु सम्पन्न



बुटवल । रुपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ आजबाट शुरु भएको छ । रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उदघाटन गरे । बुटवल उपमहानगरपालिकाको सहयोगमा संचालन भएको प्रतियोगिताको रुम्याच डाईरेक्टर अजय बिष्टलाई टेनिस बल हस्तान्तरण गर्दै शुभारम्भ गरिएको थियोे ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले खेलकुद मार्फत पर्यटन विकास हुने गरि पालिकाबाट लगानी भैरहेको बताए । नगरभित्र खेलकुद पुर्वाधार विकास र प्रतियोगिता आयोजनामा साढे ४ करोड बढि बजेट बिनियोजन भएको बताउँदै उनले योजनाबद्ध पूर्वाधार विकासमा जोड दिईएको बताए ।

कार्यक्रममा रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौं केन्द्रित टेनिस खेल पछिल्लोसमय देशका मुख्य शहरहरुमा खेल्न थालिएको र खेलाडी उत्पादन भएको भन्दै यसमा खेल सरोकारवाला निकाय र स्थानिय सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले खेल विकासमा सामुहिकताको आवश्यकता औल्याउदै यस क्षेत्रमा लनटेनिस विकासलाई थप योजनाबद्ध रुपमा लैजानमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उदघाटन कार्यक्रममा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणाले जिल्ला अध्यक्ष ज्ञवालीलाई एक कार्टुन टेनिस बल सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा २२ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि पुरुषोत्तम खड्का, नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणा, सचिव सब्बर मियालगायतले खेल र खेलाडीलाई अवसर सृजना सके अन्तराष्ट्रिय गरिमा र पहिचान बढ्ने बताएका थिए ।

सोमबार भएको उद्घाटन खेलमा मेन्स सिगल तर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरेका छन । यसैगरि आयुषमान घलेले युगेन शेर्पालाई ६–२, ६–१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६–२, ६–३ को सेटमा पराजित गरेका छन । गोबिन्द नेपालीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि वुमन्स सिगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेकी छिन । आयुषा डोल्कर गुरुङ र भगवती बिक वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस सिगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६–०, ६–० को सोझो सेट, चोम बहादुर शाहले प्रकाश बस्नेतलाई ७–५, ६–२ को सेटमा पराजित गरेका छन । केशव खत्री वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस सिगलमा गोपाल ज्ञवालीले विष्णु बहादुर थापालाई ६–३, ६–३ को सेटमा पराजित गरेका छन । यसैगरि मनोज नेपालले विष्णु चापागाईलाई ६–२, ६–० को सेटमा तथा राज गुरुङले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
सिगल ५५ प्लसमा राजकुमार गुरुङले मछिन्द्र थापालाई ६–४, ६–३ सेटमा, उत्तम बोगटीले अजय बिष्टलाई ६–५, ६–२ को सेटमा तथा चन्द्र शाहीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ३५ प्लसमा प्रकाश बस्नेत र भिम बहादुर मगरको जोडीले सोम राना र अर्जुन गुरुङको जोडीलाई ७–५, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ४५ प्लसमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीले राज गुरुङ र माधव भण्डारीको जोडीलाई ६–१, ६–४ को सेट, अर्को खेलमा कमल भण्डारी र सुर्दशन विष्टको जोडी वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ५५ प्लसमा सुर्दशन विष्ट र हिमाल शाहको जोडीले विष्णु चापागाई र अब्दुल सहमतको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरेका छन ।

प्रतियोगितामा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना हुने छ । एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

बुटवल नगरपालिकाबाट १२ लाख रुपैया सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करीब १७ लाख रुपैया खर्च हुने अनुमान रहेको छ । प्रतियोगितामा रेकिङ एक सय बढि खेलाडीहरुले भाग लिएका छन ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ०७ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका