९ कार्तिक २०८३, सोमबार | October 26, 2026

तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ शुरु, पहिलो दिन २४ खेलहरु सम्पन्न



बुटवल । रुपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ आजबाट शुरु भएको छ । रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उदघाटन गरे । बुटवल उपमहानगरपालिकाको सहयोगमा संचालन भएको प्रतियोगिताको रुम्याच डाईरेक्टर अजय बिष्टलाई टेनिस बल हस्तान्तरण गर्दै शुभारम्भ गरिएको थियोे ।

सो अवसरमा बोल्दै नगर प्रमुख पाण्डेले खेलकुद मार्फत पर्यटन विकास हुने गरि पालिकाबाट लगानी भैरहेको बताए । नगरभित्र खेलकुद पुर्वाधार विकास र प्रतियोगिता आयोजनामा साढे ४ करोड बढि बजेट बिनियोजन भएको बताउँदै उनले योजनाबद्ध पूर्वाधार विकासमा जोड दिईएको बताए ।

कार्यक्रममा रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाडौं केन्द्रित टेनिस खेल पछिल्लोसमय देशका मुख्य शहरहरुमा खेल्न थालिएको र खेलाडी उत्पादन भएको भन्दै यसमा खेल सरोकारवाला निकाय र स्थानिय सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।

कार्यक्रममा टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले खेल विकासमा सामुहिकताको आवश्यकता औल्याउदै यस क्षेत्रमा लनटेनिस विकासलाई थप योजनाबद्ध रुपमा लैजानमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उदघाटन कार्यक्रममा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणाले जिल्ला अध्यक्ष ज्ञवालीलाई एक कार्टुन टेनिस बल सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा २२ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि पुरुषोत्तम खड्का, नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणा, सचिव सब्बर मियालगायतले खेल र खेलाडीलाई अवसर सृजना सके अन्तराष्ट्रिय गरिमा र पहिचान बढ्ने बताएका थिए ।

सोमबार भएको उद्घाटन खेलमा मेन्स सिगल तर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गरेका छन । यसैगरि आयुषमान घलेले युगेन शेर्पालाई ६–२, ६–१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६–२, ६–३ को सेटमा पराजित गरेका छन । गोबिन्द नेपालीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि वुमन्स सिगलमा सुनिरा थापाले जिनी खड्कालाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेकी छिन । आयुषा डोल्कर गुरुङ र भगवती बिक वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ३५ प्लस सिगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६–०, ६–० को सोझो सेट, चोम बहादुर शाहले प्रकाश बस्नेतलाई ७–५, ६–२ को सेटमा पराजित गरेका छन । केशव खत्री वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

यसैगरि ४५ प्लस सिगलमा गोपाल ज्ञवालीले विष्णु बहादुर थापालाई ६–३, ६–३ को सेटमा पराजित गरेका छन । यसैगरि मनोज नेपालले विष्णु चापागाईलाई ६–२, ६–० को सेटमा तथा राज गुरुङले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
सिगल ५५ प्लसमा राजकुमार गुरुङले मछिन्द्र थापालाई ६–४, ६–३ सेटमा, उत्तम बोगटीले अजय बिष्टलाई ६–५, ६–२ को सेटमा तथा चन्द्र शाहीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ३५ प्लसमा प्रकाश बस्नेत र भिम बहादुर मगरको जोडीले सोम राना र अर्जुन गुरुङको जोडीलाई ७–५, ६–३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ४५ प्लसमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीले राज गुरुङ र माधव भण्डारीको जोडीलाई ६–१, ६–४ को सेट, अर्को खेलमा कमल भण्डारी र सुर्दशन विष्टको जोडी वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।

डबल्स ५५ प्लसमा सुर्दशन विष्ट र हिमाल शाहको जोडीले विष्णु चापागाई र अब्दुल सहमतको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरेका छन ।

प्रतियोगितामा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना हुने छ । एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

बुटवल नगरपालिकाबाट १२ लाख रुपैया सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करीब १७ लाख रुपैया खर्च हुने अनुमान रहेको छ । प्रतियोगितामा रेकिङ एक सय बढि खेलाडीहरुले भाग लिएका छन ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १० : ०७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको