९ कार्तिक २०८३, सोमबार | October 26, 2026

तेस्रो मेयर कप बुटवल खुल्ला लन टेनिस प्रतियोगिता : उपाधिका लागि प्रदिप र रितिकको भिडन्त



बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ मा मेन्स सिगलमा नेपालको वरियतामा नम्बर वन रहेका प्रदिप खड्काले बुटवलका रितिक रानासंग शुक्रबार सामना गर्ने भएका छन् । बुधबार भएको पहिलो सेमीफाईनलमा प्रदिप खड्काले निहाल जेबी थापालाई ६–४, ६–० तथा दोस्रो सेमीफाईनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दुबैजनाले फाईनल भिडन्त पक्का गरेका हुन् ।

प्रदिप र रितिकको यो चौथौ फाईनल भिडन्त हो । यसअघि काठमाडौंमा गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रे तथा बुटवलमा समेत फाईनल खेलेका छन् ।

यसैगरि ३५ प्लसमा सिगलमा जितेन्द्र परियार र सन्तोष खत्री उपाधिको लागि आमनेसामने हुदैछन् । पहिलो सेमीफाईनलमा जितेन्द्र परियारले दीप जेबी राणालाई ६–०, ६–० को सोझो सेट तथा दोस्रो सेमीफाईनलमा सन्तोष खत्रीले राजन पौडेललाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

यसैगरि ४५ प्लस सिगलमा भने देव क्षेत्रीले कमल भण्डारीको सामना गर्ने भएका छन ।
पहिलो सेमीफाईनलमा कमल भण्डारीले माधव भण्डारीलाई ६–२, ६–१ को सेट, तथा अर्को सेमीफाईनलमा देव क्षेत्रीले राज गुरुङलाई ६–२, ६–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् ।

विहिबार भएको खेलमा ५५ प्लस सिगलमा चन्द्र शाही विजेता बनेका छन । शाहीले फाईनलमा उत्तम बोगटीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । यसैगरि ६५ प्लस सिगलमा भिक्टर राणाले अब्दुल सहमतलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै उपाधि जितेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए ।

यसैगरि खुला डबल्सको उपाधि आयुषमान घले र निशान्त श्रेष्ठको जोडीले जितेका छन । फाईनलमा निहाल जंग थापा र सक्षमबिक्रम शाहको जोडीलाई ७–६, ७–६ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

यता ३५ प्लस डबल्समा देव क्षेत्री र दीपजेबी राणाको जोडीले जितेन्द्र परियार र समिर शाहको जोडीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

४५ प्लस डबल्सको उपाधि भने कमल भण्डारी र सुर्दशन बि को जोडीले चुमेका छन् । फाईनलमा रोहित सुनुवार र हिमाल शाहको जोडीलाई ६–२, २–६, १०–८ को सेटमा पराजित गर्दै कमल र सुर्दशनको जोडीले उपाधि आफनो नाममा गरे ।

५५ प्लस डबल्समा चन्द्र शाही र उत्तम केएसको जोडीले हिमाल शाह र सुर्दशन बिको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : २३ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको