२० बैशाख २०८३, आइतबार | May 3, 2026

भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गराउन राष्ट्रियसभाको ध्यानाकर्षण



काठमाडौं। राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् । मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरुले उठाएको भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यस विषयमा सत्यतथ्य छानविन गरि यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै, उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि अध्यक्ष दाहालले सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ४८ बजे

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन

बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा

सुकुम्बासी बस्ती हटाउने कदमप्रति दयाहाङ राईको असन्तुष्टि

काठमाडौं । सुकुम्बासी बस्ती हटाउने सरकारी कदमप्रति जनआक्रोश बढ्दै गएको

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई