७ बैशाख २०८३, सोमबार | April 20, 2026

दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता : जवईमा ६ र चारपालामा ५ खेल सम्पन्न



बुटवल । बुटवलमा जारी मेयर कप छात्र/छात्रा प्रतियोगिता अन्तर्गत जवइ खेल मैदानमा ६ खेल सम्पन्न भएका छन् । छात्रातर्फ कान्ति मावि र नहरपुर मावि विच भएको खेलमा कान्तिले १-० गोल अन्तरले नहरपुरलाई पराजित गरि विजयी यात्रा शुरु गरेको छ ।

कान्तिका जर्सी नं. १४ का खेलाडी प्रिया गौतमले खेलको पहिलो हाफमा १ गोल गर्न सफल भएकी थिइन् । दोश्रो हाफमा दुबैतर्फबाट कुनै गोल हुन नसकेपछि प्रियाको गोल नै निर्णायक बन्न पुगेको थियो ।

अर्को खेलमा कालिका माविले ४-० गोल अन्तरसहित अक्सफोड माविलाई पराजित गरेको छ । कालिकाको लागि जर्सि नम्बर ९ का खेलाडी कृति पराजुलीले २ गोल र जर्सि नम्बर १० का खेलाडी र जर्सि नम्बर १४ का खेलाडी ले १-१ गोल गरेका थिए । यस्तै छात्रा तर्फकै ज्ञानोदय मा.वि. र क्यानन मा.वि. बिच भएको खेलमा ज्ञानोदयले १-० गोल अन्तरले विजयी भएको छ ।

जवई मैदानमै भएको छात्र तर्फको प्रगती मा.वि र रम्भादेवी मा.वि बिच भएको खेलमा प्रगतीले ट्राईब्रेकरमा ४-३ गोलअन्तरले रम्भादेवीलाई पराजित गरेको थियो । निर्धारित समयमा दुबैतर्फबाट १-१ को बराबरी गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । लुम्बिनी बोर्डिङ्ग स्कुल र सरस्वती आधारभुत विद्यालयबिच भएको खेलमा २-० गोल अन्तरले सरस्वती विजयी भएको छ । नहरपुर मा.वि र अक्सफोर्ड मा.वि बिच भएको खेलमा अक्सफोर्डले नहरपुरलाई ७-० को भारी गोल अन्तरले पराजित गरेको छ । उक्त खेलमा अक्सफोर्डका खेलाडीले ६ गोलको बर्षा गर्न सफल भएका थिए भने नहरपुरका खेलाडीले १ आत्मघाती गोल गरेका थिए ।

उता चारपाला खेलमैदानमा भने ५ वटा मात्र खेल सम्पन्न भएका छन । छात्रतर्फ नवरत्न मा.बि र सिद्देश्वरी मा.वि बिच भएको खेलमा नवरत्नले २-१ गोल अन्तरले जित हासिल गरेको छ । बुटवल ग्लोरी स्कुल र सरस्वती मा.वि बिच भएको खेलमा सरस्वतीले २-० गोल अन्तरले जित हासिल गर्यो । उजिरसिंह मा.वि. र स्कलर्स होमबिच भएको खेलमा स्कलर्सले ३-० गोल अन्तरले विजयी भएको छ । कान्ति मा.वि र कालिका बिच भएको प्रतियोगितामा कान्तिले १-० गोल अन्तरले कालिकालाई पराजित गरेको छ ।

छात्रातर्फ नविन औद्योगिक मा.वि र प्रगती मा.वि बिच भएको खेलमा नविनले २-० गोल अन्तरले विजयी भएको छ । भोली चारपाला मैदानमा नविन औद्योगिक मा.वि र नवरत्न मा.वि बिच र सरस्वती मा.वि र त्रिभुवन युनाईटेड स्कुल बिच दुईवटा खेल हुने नगर खेलकुद विकास समिति सदस्य तथा प्रचार प्रसार संयोजक संयोजक सुनिता गिरीले जानकारी दिईन् । उता जवई मैदानमा भोली ज्ञानोदय मा.वि र मोतीपुर मा.वि, प्रगती मा.वि र न्यू होराईजन स्कुल, सरस्वती मा.वि र नयाँगाउ मा.वि बिच खेल हुने आयोजक समितिका सदस्य ईश्वर गुरुङ्गले बताए ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ६ : ५२ बजे

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला