२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बल्खुमा एक व्यक्तिको हत्या, हत्या आशंकामा ६ जना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको हो।

टहराभित्र मृत अवस्थामा बुधबार बिहान साढे १० बजे दाहालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

‘खबर पाएपछि प्रहरी टोली खटिएर लाश जाँच मुचुल्का कार्य भइरहेको छ,’ बोहराले भने।

दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धानमा खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएकोमा दुई जना बढी शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ५९ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं