७ बैशाख २०८३, सोमबार | April 20, 2026

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्राे दिन आज पाँच खेल सम्पन्न



बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत तेस्राे दिन आज पाँच खेल सम्पन्न भएको छ ।

बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा छात्र तर्फ
आज भएको नवरत्न मावि र नविन औद्याेगिक माविबीचको खेलमा ४-१ गाेल अन्तरले नविन औद्याेगिक मावि विजयी भएको छ ।

चारपाला खेल मैदानमै भएको सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कुल बीचको अर्को खेलमा सरस्वती मावि ३-० ले विजयी भएको नगर खेलकुद विकास समिति शेरजङ गुरूङले जानकारी दिए ।

उता जवई खेलमैदानमा छात्र तर्फ आजै भएको नयाँगाउँ मावि/ सरस्वती आधारभूत विद्यालयबीचको खेलमा ३-० ले नयाँ गाउँ मावि विजयी भएको छ भने ज्ञानाेदय मावि र माेतिपुर माविबीचको खेलमा ४-० ले माेतिपुर मावि विजयी भएको छ ।

त्यस्तै जवई खेलमैदानमै आज भएको प्रगति मावि र न्यु होराइजनबीचकाे खेलमा २-० ले न्यु होराइजन विजयी भएको सदस्य गुरूङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भाेली ८ गते बिहीबार चारपाला खेल मैदानमा नविन औद्याेगिक मावि/ सरस्वती मावि तथा कान्ति मावि /स्कलर्स हाेमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि/न्यु होराइजन र माेतिपुर/ अक्सफोर्ड माविबीच प्रतिस्पर्धा हुदैछ भने छात्रा तर्फ न्यु होराइजन/अक्सफोर्ड मावि तथा कान्ति मावि / गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ५७ बजे

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज