२७ बैशाख २०८३, आइतबार | May 10, 2026

‘जनताको करबाट चल्ने राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने’



नेपालगन्ज । नेपालगन्जका अग्रज पत्रकारहरुले राष्ट्रिय समाचार समिति (रासस)ले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा रासस नेपालगन्ज कार्यालयको आयोजनामा आज आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस, सेवाग्राही प्रवर्द्धन’ विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरुले राससको बुलेटिनमा जनताका समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरुले जनताको करबाट चलेको राससले जनताको समाचारलाई भन्दा अस्थायी बन्ने सरकार चलाउने पार्टीको समाचारमा प्राथमिकता दिएको गुनासो गरे । सरकारी सञ्चार माध्यममा लामो समय स्ट्रिन्जरका भरमा सञ्चारगृह चलाउन खोज्नु गलत भएको बताउँदै सञ्चारकर्मीको व्यवस्थापनमा राससले ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो ।

नेपालगन्जका अग्रज पत्रकार हेमन्त कर्माचार्यले राससले जनताका समस्यालाई राज्यसामु पु¥याउन पुलको भूमिका निर्वाह गर्नसके सेवा थप प्रभावकारी र विश्वसनीय हुने बताए । उनले स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धनका लागि मोफसलका स्थानीय सञ्चारमाध्यमलाई शुल्कमा सहुलियत दिन आग्रह गरे ।

नेपालगन्ज दैनीकका प्रकाशक झलक गैरेले जनताको करबाट चलेको राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए ।

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेले कार्यक्रममा राससको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए । अन्तरसंवादमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्मा, अग्रज पत्रकार पूर्णलाल चुके, हरण कर्माचार्य, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष तिलक गाउँले, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल केसी, प्रेस सेन्टरका नेता सिराज खानलगायतले राससले सुधार गर्नुपर्ने बिबिध विषयमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ५४ बजे

कम्युनिस्ट एकताको आवश्यकता बढ्यो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

झापा । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी

पार्टी प्यालेसको विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको

लम्की-टीकापुर-खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

कैलाली । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न नहुँदा

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर