२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘जनताको करबाट चल्ने राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने’



नेपालगन्ज । नेपालगन्जका अग्रज पत्रकारहरुले राष्ट्रिय समाचार समिति (रासस)ले जनजीविकाका सवाललाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

राससको ६४औँ वार्षिकोत्सवका अवसरमा रासस नेपालगन्ज कार्यालयको आयोजनामा आज आयोजित ‘स्थानीय सञ्चारमाध्यम र रासस, सेवाग्राही प्रवर्द्धन’ विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरुले राससको बुलेटिनमा जनताका समाचारले प्राथमिकता पाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरुले जनताको करबाट चलेको राससले जनताको समाचारलाई भन्दा अस्थायी बन्ने सरकार चलाउने पार्टीको समाचारमा प्राथमिकता दिएको गुनासो गरे । सरकारी सञ्चार माध्यममा लामो समय स्ट्रिन्जरका भरमा सञ्चारगृह चलाउन खोज्नु गलत भएको बताउँदै सञ्चारकर्मीको व्यवस्थापनमा राससले ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो ।

नेपालगन्जका अग्रज पत्रकार हेमन्त कर्माचार्यले राससले जनताका समस्यालाई राज्यसामु पु¥याउन पुलको भूमिका निर्वाह गर्नसके सेवा थप प्रभावकारी र विश्वसनीय हुने बताए । उनले स्थानीय सञ्चारमाध्यम र रासस सेवाग्राही प्रवर्द्धनका लागि मोफसलका स्थानीय सञ्चारमाध्यमलाई शुल्कमा सहुलियत दिन आग्रह गरे ।

नेपालगन्ज दैनीकका प्रकाशक झलक गैरेले जनताको करबाट चलेको राससले जनताको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए ।

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेले कार्यक्रममा राससको विगत र वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए । अन्तरसंवादमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, सामुदायिक रेडियो प्रसारक सङ्घका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्मा, अग्रज पत्रकार पूर्णलाल चुके, हरण कर्माचार्य, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष तिलक गाउँले, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल केसी, प्रेस सेन्टरका नेता सिराज खानलगायतले राससले सुधार गर्नुपर्ने बिबिध विषयमा सुझाव दिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ५४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल