२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

प्रकृति लम्साल मृत्यु प्रकरण : प्रकृतिको शव भैरहवा ल्याइयो



बुटवल । भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ । बुधबार साँझ लम्सालको शव भैरहवा स्थित घर ल्याइएको हो ।

लम्सालको शव भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा घर ल्याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिने जनाइएको छ । मंष्लबार बिहानमात्र मृतक प्रकृतिका बाबु सुनिल लम्साल भुवनेश्वर पुगेका थिए ।

भैरहवाकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो।

लम्सालले आफूलाई कलेजमा अध्ययनरत् एक विद्यार्थीले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा दुई पटक निवेदन दिएकी थिइन्। तर, विश्वविद्यालयको उक्त विभागले गम्भीरता देखाएको थिएन।

आइतबार अचानक छात्रा मृत अवस्थामा फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै निष्पक्ष छानिबन गर्न माग गर्दा विद्यार्थीमाथि विश्वविद्यालयका सुरक्षा गार्ड र बाउन्सरले लखेटी-लेखेटी कुटपिट गरेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : २९ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर