७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रकृतिको अन्तिम संस्कार स्वर्गद्वारीघाटमा गरियो



भैरहवा । भारतको ओडिसा राज्यको भुबनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम संस्कार गरिएको छ ।

उनलाई भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राती नै अन्तिम बिदाई गरिएको हो । मध्यरात्रीमै अन्तेष्टि गरिए पनि उनको अन्तेष्टिमा सर्वसाधारणहरुको ठूलो उपस्थिति रहेको थियो ।

भारतबाट गोरखपुर हुँदै करिब ९ बजे नै प्रकृतिको पार्थिव शरिर भैरहवा आइपुगेको थियो । करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर वडा नम्बर ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिई १२ बजे पछि मात्र बाहिर निकालिएको थियो । शवयात्रामा आफन्त संगै उनलाई अन्तिम श्रद्धान्जली दिन कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो । शवलाई राती नै भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याएर उनको अन्तेष्टि गरिएको थियो । प्रकृतिलाई उनको हजुरबुवा देवनाथ लम्सालले मुखाग्नी दिएका थिए ।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यहि आईतबार केआईआईटीको छात्रावासमा झुण्डिएको अवश्थामा फेला परेको थियो । उनको मृत्यु संकास्पद देखिएपछि नेपाली विद्यार्थीहरुले सत्यतथ्य छानविनको लागि भन्दै प्रदर्शन गरेका थिए । त्यसपछि विश्वविद्यालयले नेपाली विद्यार्थीलाई नै सूचना नै निकालेर विश्वविद्यालयबाट निकालेको थियो त्यसपछि घटनाले ठूलो रुपमा लिएको थियो । घटनाको विरोधमा अहिले पनि नेपाल र भारतमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ८ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई