१ चैत्र २०८२, आइतबार | March 15, 2026

मगरघाटमा निर्माण गरीएको पर्यावरणमैत्री रोटरी शवदाह गृह हस्तान्तरण



बुटवल । तिलोत्तमा-३ स्थित मगरघाट विकास तथा व्यवस्थापन परिषद परिसरमा पर्यावरणमैत्री शवदाह गृह मेशिन हस्तान्तरण गरिएको छ । रोटरी डिष्ट्रिक फण्डमार्फत रोटरी क्लब अफ बुटवलको सहकार्यमा पर्यावरणमैत्री रोटरी शवदाह गृह निर्माण पुरा गरि विहिबार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष प्रज्वल थान्जु र मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापा बिचमा एमओयुमा हस्ताक्षरसहित हस्तान्तरण गरिएको हो ।

रोटरी डिष्ट्रिकको सहकार्यमा समाजसेवी ज्ञानेन्द्र लाल प्रधानले पर्यावरणमैत्री शवदाह गृह अवधारणा अघि बढाएका छन । रोटरी डिष्ट्रिक ईन्टरनेश्नल ३२९२ संग सम्झौता गरि देशका मुख्य शहरहरुमा स्थानिय रोटरी क्लबको सहकार्यमा १० वटा शवदाह मेशिन दिने गरि प्रधानले सम्झौता गरेका छन ।

मेशिनका दाता ज्ञानेन्द्र लाल प्रधानले रोटरी डिष्ट्रिकसंग सम्झौता अनुसार १० वटा शवदाह मेशिनमा गरेको बताए । पर्यावरण जोगाउने अभियानमा हामी सबै जुट्ने बेला आएको भन्दै उनले अब यसमा सबैको साथ जरुरी रहेको बताए । ‘नदी क्षेत्र अझ जहा दाह संस्कार गर्ने थलो फोहोर भयो ।’- उनले भने । रोटरीमार्फत ललितपुर महानगरपालिकाको पाटनमा जडान हुने मेशिन भने ग्यास र दाउराको संयुक्त जलाउने मेशिन हुने उनले बताए । यसले आधा घण्टा जल्ने समय कम हुने उनले बताए । मेशिन संचालनका लागि घाटमा अक्षयकोष स्थापना गर्ने र प्रत्येक मृत्यु हुने ब्यक्तिको परिवारबाट न्युनतम शुल्क लिएर त्यसबाट वृक्षारोपण गर्ने अवधारण अघि बढाउन उनले सुझाव दिए ।

कार्यक्रममा परियोजना संयोजक तथा क्लबका पुर्वअध्यक्ष बिन्दध्याकेशर जोशीले १६ औ डिष्ट्रिक कन्फ्रेन्समा सम्झौता भएर काम अघि बढेको बताए । जसमा तिलोत्तमा नगरपालिकाबाट १० लाख रुपैया सहित रोटरीको यो अभियानमा ८७ जना दाताहरुबाट ३७ लाख रुपैया आर्थिक सहयोग भएको उनले बताए । मेशिन सहयोग आउने तर बाकी सिभिल कामको लागत रोटरीबाट नै संयोजन गर्न आफुहरु सफल भएको उनले बताए ।

कार्यक्रममा मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापाले समुदायको अपनत्व हुने गरि विभिन्न दाताहरुको सहयोग निरन्तर हुदै आएको बताए । रोटरी बुटवलको सहयोगमा नया मेशिनबाट अन्त्येष्ठी कर्ममा थप सहजता आउने उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाड, रोटरी ईन्टरनेश्नल ३२९२ का राजेन्द्रमान शेरचन, पुर्व डिजि राजेन्द्र ध्वजु, आरसी काष्ठमण्डपका सोफिया उपाध्याय, समाजसेवी डा बिमला प्रधान, क्लबका प्रेसिडेन्ट इलेक्ट कृष्ण पराजुलीले समयको माग अनुसार समुदायको उत्थानमा सरकार र संघसंस्थाहरुको पहल जरुरी रहेको भन्दै आगामी दिनहरुमा समेत थप परियोजनाहरु गर्ने बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ५ : ३९ बजे

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठलाई