२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा



काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १-० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा म्यानमार पनि एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ । आजै भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५-० गोलअन्तरले पराजत गरेको थियो ।

नेपालको जितमा सावित्रा भण्डारी नायक बनिन् । खेलको ४२औँ मिनेटमा सावित्राले प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । यस नतिजासँगै नेपालले ६ अङ्क बटुलेको छ ।

चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : ०१ बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालनमा

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी