२१ मंसिर २०८२, आइतबार | December 7, 2025

द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत



बुटवल । ‘भारत-नेपाल मित्रता र विश्व शान्तिको लागि राईड’ नारासहित नया दिल्लीबाट यात्रा शुरु गरेका द प्याडलर्स (भारत) का साईक्लिष्टहरुलाई बुटवलमा स्वागत गरिएको छ ।

बुटवल युनाईटेड साईक्लिङ क्लब, नेपाल खेलकुद पत्रकार संघ रुपन्देही, रुपन्देही लन टेनिस संघका पदाधिकारी, सदस्यहरुले विहिबार बुटवलमा १० जना राईडर्सहरुलाई खादा लगाएर स्वागत गरेका हुन ।

कार्यक्रममा क्लबका सचिव राजु तिवारी, मंचका अध्यक्ष सुमन अधिकारी, लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले स्वागत गरे । भारतको राजधानी नया दिल्लीबाट फागुन ५ गते (फेब्रवरी १७ तारिख) यात्राको शुभारम्भ भई चौथौ दिन बुटवल आईपुगेका हुन ।

नयाँदिल्ली गेटबाट पहिलो दिन रुद्रपुरसम्मको २४२ किलोमिटरको यात्रा तय गरेका हुन । यसैगरि दोस्रो दिन रुद्रपुरबाट चिसापानीसम्म २०९ किलोमिटर, तेस्रोदिन चिसापानीबाट लमहीसम्म १९४ किलोमिटर, चौथो दिन लमहीबाट बुटवल १२९ किलोमिटर दुरी पार गरेका छन । ६ दिने यात्रा गर्ने नेपालको राजधानी काठमाण्डौमा समापन गरिने छ । यो समुहको दोस्रो संस्करण भएको संयोजक जसप्रित सिहले बताए ।

कार्यक्रमको राजदूत डा पवन धिङ्ग्रा, लिड राइडर सञ्जीव रतन रहेका छन । पाचौ दिन बुटवलबाट चुम्लिम्टार १६६ किलोमिटर र छैटौ दिन चुम्लिम्टारदेखी काठमाण्डौसम्मको १०४ किलोमिटर गरि कुल १०४४ किलोमिटरको यात्रा साईकलबाट गर्नेछन । राईड दुई प्रकारका छन । जसमा एकल, दुई जनाको रिले र चार जनाको रिले रहेका छन ।

द पेडलर एण्ड फिट क्लब (वल्ड अल्ट्रा साईक्लिङ एशोसियसन, न्यूयोर्क) आयोजक रहेको कार्यक्रमको ईम्पेक्ट पार्टनर रोटरी डिष्ट्रिक ३२९२, हस्पिटल पार्टनर सिद्धार्थ हस्पिटालिटी, ट्राभल पार्टनर पाथिल होलिडे, प्राविधिक पार्टनर राजेश साईकल्स, साइकोफिट, टेलिकम पार्टनर नेपाल टेलिकम, ईनेर्जी पार्टनर बि कज तथा सपोर्टिङ क्लब बुटवल युनाईटेड साइक्लिङ क्लब रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ६ : ०९ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग