३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड



पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन । शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन ।

भेलामा प्रचण्डले भने, ”संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ । तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो । हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ । यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।” भेलामा प्रचण्डले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौतीसमेत दिएका छन ।

प्रचण्डले भने, “अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस-एमालेबीच गठबन्धन गरियो । उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन् । म चाहन्छु- उनीहरू मिलून् । हामी एक्लै जनतामा जान्छौँ । हामी जनताको तागतमा विश्वास गर्छौँ । जनतालाई मेरो अपील छ- तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस् ।” भेलामा अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए  ।

उनले भने, “हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ । बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ ।”

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : १५ बजे

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी

जबजको वैचारिक विरासतले जनताको पक्षमा दृढ रहन प्रेरित गर्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

जनअपेक्षा सम्बोधन गर्दै पार्टी र जनताबीच सम्बन्ध सुदृढ बनाउनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले देखाएको जनमुखी

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध