२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लुम्बिनी प्रादेशिक अस्पतालको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम : फुटबल र भलिबल सम्पन्न



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको ११५ औं स्थापना दिवसका अवसरमा आयोजिता सप्ताहव्यापी कार्यक्रम अन्तरगत शनिबार फुटबल तथा भलिबल प्रतियोगिता सम्पन्न भएका छन् । प्रहरी तालिम केन्द्र बुटवलमा अवस्थित खेल मैदानमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि चिकित्सक समुहले हात पारेको छ भने भलिबल प्रतियोगिताको उपाधि प्रशासन समुहले हात पारेको छ ।

फुटबल प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई ५-० गोल अन्तरले पराजित गरेको हो । जितका लागि चिकित्सक समुहका डा. विनय केसी र डा. सुरज केसीले २-२ गोल गरेका थिए भने डा. उत्सव रेग्मीले १ गोल गरेका थिए । यसैगरी भलिबलमा प्रशासन समुहले प्रयोगशाला समुहलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्माचारीहरु बीच विभिन्न समूह चरणका खेलबाट चिकित्सक र प्रशासन समूह फाइनल प्रवेश गरेका थिए । प्रतियोगितामा रेफ्रीलाई बल हस्तान्तरण गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, सदस्य लक्ष्मी भट्टराई तथा मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले शुभकामना व्यक्त गरेका थिए । स्थापना दिवसका अवसरमा यसअघि सम्पन्न क्रिकेट प्रतियोगितामा चिकित्सक समुहले प्रशासन समुहलाई पराजित गरेको थियो । अतिरिक्त क्रियाकलाप अन्तरगत अस्पतालमा फलफुल वितरण तथा म्याराथन प्रतियोगिता समेत गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले जानकारी दिए । ११५ औँ स्थापना दिवसको अवसरमा ११५ जनाबाट रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको उनले जानकारी दिए ।

पत्रकारसँगको मैत्रीपूर्ण फुटबलमा अस्पताल विजयी

लुम्बिनी प्रादेशिक अस्पताल र नेपाल पत्रकार महासंघ रुपन्देही शाखा बीच भातृत्व बिकासका लागि आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अस्पताल विजयी भएको छ । अस्पताल समुहले पत्रकार समुहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

जितका लागि अस्पतालको तर्फबाट खेलको पहिलो हाफमा ऋषिराम चौधरीले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी संजय गोदारले थप एक गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । खेलको सुरुवातदेखिनै  हाबी देखिएको अस्पताल समुहका लागि दोस्रो हाफमा बिनय केसीले थप एक गोल गरेका थिए ।

अस्पतालले यहीँ फागुन १५ गते मनाउन लागिरहेको स्थापना दिवसका अवसरमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिरहेको छ । अस्पतालले स्थापना दिवसमा आफ्ना गतिविधिसहितको “जीवक-३” नामक स्मारिका पुस्तक समेत प्रकाशन गर्ने भएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ५ : ३८ बजे

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग