२१ बैशाख २०८३, सोमबार | May 5, 2026

अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत दिएको सहयोगको प्रतिवेदन बनाउन माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने जरुरी भएको बताए ।

“अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पु¥याउने काम कहीकतैबाट हुनु हुँदैन”, सांसद बाँस्कोटाले भने, “नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको होरु सोबारे स्पष्ट हुनु जरुरी छ ।”

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिए । नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद बाँस्कोटाले सन् २००२ देखि सन् २०२१ सम्म करिब २१ खर्ब र सन् २०२२ देखि २०२७ सम्म छ सय ६९ मिलियन अमेरिकी डलर नेपालले सहयोग प्राप्त गर्ने भन्ने विषयबारे सरकारले अध्ययन गरी एउटा प्रतिवेदन बनाउनुपर्ने भन्दै त्यो प्रतिवेदनमा कति–कति रकम कहाँ खर्च भयो ? भन्ने स्पष्ट आउनुपर्ने सरकारसँग माग गरे ।

“कुन सरकार हुँदा के भयो भनेर हिलो छ्याप्नुभन्दा अब नेपाल समृद्ध र सबल बनाउनका लागि सबै मिलेर योजनाबद्ध काम गर्नुपर्छ”, सांसद बाँस्कोटाले भने, “प्राप्त सहयोग र खर्चसम्बन्धी सम्पूर्ण जानकारी सांसद् र आमनागरिकले थाहा पाउनुपर्छ ।” उनले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकलाई समृद्ध बनाउन आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ५ : ३० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,