७ आश्विन २०८३, बुधबार | September 23, 2026

कुलमानको बचाउ गर्दै माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर कुलमानले के गल्ति गरे ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले कुलमानलाई हटाउने हल्ला चलाइएको भन्दै कुलमानले उज्यालो नेपाल बनाएर के गल्ति गरे ? भन्दै प्रश्न गरेका हुन् ।

उनले भने,‘अहिले कुलमानलाई विहानै हटाईन्छ, बेलुका हटाईन्छ, भोलि हटाईन्छ भनिँदैछ । उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? घाटामा गएको प्राधिकरणलाई नाफामा लगेर के गल्ती गरे कुलमानले ? मुलुकलाई लोडसेडिङमुक्त गरेर के गल्ती गरे कुलमानले ? भारत र बंगलादेशमा विजुली बेच्ने निर्णय गरेर के गल्ती गरे ? बरु सम्मान गर्नुपर्छ ।’

सांसद पौडेलले विद्युतको बक्यौता नतिर्नेको लाईन काटिनुपर्ने आवाज उठाए । उनले नतिर्नेहरुको लाइन जोड्न सरकारले आदेश दिएको भन्दै महशुस तिर्नेहरुको नै लाईन काटिएको टिप्पणी गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  २ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई