२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत ७ गतेदेखि हुने



बुटवल । बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत ७ गतेदेखि हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७, ८ र ९ गते प्रतियोगिता हुने भएको हो । ३ दिन सम्म चल्ने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको आयोजकले सोमबार क्लबको कवर्ड हलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मेन्स सिगल, वुमन्स सिगल, मेन्स डबल्स, भेट्रान्स ४५ प्लस, भेट्रान्स ५५ प्लस तथा मास्टर भेट्रान्स ६० प्लस डबल्स गरि ६ विधामा खेल हुने क्लबका द्वित्तीय उपाध्यक्ष तथा खेल संयोजक तुल्सीराम भट्टराई (शम्भु) ले बताए । उनका अनुसार खेल नवदिलिप कवर्ड हल र लुम्बिनी कवर्ड हल गरि दुई स्थानमा हुने छन् ।

मेन्स सिंगलका प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि वुमन्स सिंगलका प्रथम, द्वित्तीय, तृतियलाई नगद ३० हजार, २० हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने कार्यक्रम संयोजक भट्टराईले बताए ।

यसैगरि मेन्स डबल्समा प्रथम, द्वित्तीय र तृतीय टिमले नगद ५० हजार, ३० हजार र २० हजार रुपैया पुरस्कृत गरिने छ । यसैगरि भेट्रान्स ४५ प्लस डबल्समा प्रथम, द्वित्तीय र तृतियलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैयासहित पुरस्कृत गरिने छ ।

यसैगरि भेट्रान्स ५५ प्लस डबल्समा प्रथम, द्वित्तीय र तृतियलाई नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित पुरस्कृत गरिने छ । यसैगरी मास्टरतर्फ प्रथम, द्वित्तीय र तृतियलाई क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैयासहित पुरस्कृत गरिने बताए ।

प्रतियोगितामा ३ सय बढि खेलाडी र २० हजार बढी दर्शकबाट अवलोकन हुने उनले बताए । कार्यक्रममा क्लबका अध्यक्ष पंकज ज्ञवालीले नेपाल ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय रेकिङ खेलाडीहरु भित्रने बताए ।

खेलाडीहरुलाई प्रोत्साहन हुने गरि प्रतियोगिताको निरन्तरता जरुरी रहेको उनले बताए । खेल गतिविधिसंगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै आएको उनले बताए । क्लबमार्फत विभिन्न मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता, क्षेत्रीयस्तरको ५ पटक, राष्ट्रियस्तरको २ पटक, अन्तरविद्यालय प्रतियोगिता ३ पटक र मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता गरेको छ ।

दोस्रो संस्करणमा मेन्सतर्फ प्रिन्स दाहाल र वुमन्सतर्फ रसिला महर्जन विजेता रहेको सचिव भानु केसीले बताए । प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : ३४ बजे

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद

पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ, गाडीबाट शंकास्पद वस्तु बरामद

वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको