१९ बैशाख २०८३, शनिबार | May 2, 2026

कांग्रेस प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि प्रशिक्षण गर्ने



बुटवल । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्ने भएको छ । सातै प्रदेशमा गर्नेगरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका लागि यहि फागुन १८ गते रुपन्देहीमा गर्न लागिएको मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नारासहित गर्न लागिएको प्रशिक्षण कार्यक्रममा प्रदेशका १२ वटै जिल्लाका पार्टी सभापति, सचिव, पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, पार्टीबाट निर्वाचन प्रतिनीधि सभा तथा प्रदेश सभा सदस्यहरु, पालिका प्रमुख तथा उपप्रमुख, प्रचार विभागका पदाधिकारी, पार्टीको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनका प्रदेश तथा जिल्ला सभापतिहरु, केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सहभागि हुने प्रचार विभागकी केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक कमला पाण्डेले जानकारी गराइन ।

एक दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक जगत नेपाल र हरिबहादुर थापाले प्रशिक्षण गर्नेछन । कार्यक्रमको उद्घाटन पार्टीका वरिष्ठ नेता डा। शेखर कोईरालाले गर्ने पनि उनले जानकारी गराइन । भएका कुरालाई वस्तुपरक रुपमा सञ्चार गर्न नसक्दा आम नागरिकलाई सुसुचित गर्न नसकिएको भन्दै पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुले गरेका राम्रा कुराहरुलाई समेत प्रभावकारी प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्न लागिएको प्रचार विभागका केन्द्रीय सदस्य तथा महासमिति सदस्य कृष्णप्रसाद बस्यालले बताए ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र त्यसको प्रभाव बढीरहेको बताउँदै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले सत्य र तथ्यमा आधारित प्रचारले जनमानसमा पनि सही सूचना प्रसार हुने र सामाजिक सञ्जाल प्रयोगकर्ताको समेत विश्वास अभिबृद्धि हुने भनाई राखे । प्रशिक्षण कार्यक्रममा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

एक दिनको यो प्रशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट समेत गरी करिव ५ सयको सहभागिता रहने सूचना, सञ्चार तथा प्रचार विभागकी केन्द्रीय सदस्य फूलु सुनारले जानकारी गराइन । उनका अनुसार सूचना, सञ्चार तथा प्रचार विभागले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गर्नेगरी यहि फागुन ९ गतेदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ३५ बजे

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा